आईफोन १३ को प्रि–बुकिङ आइतबारबाट खुल्ने, यस्तो छ मूल्य 

काठमाडौँ । नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिङको घोषणा गरेको छ ।

कम्पनीका अनुसार आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिङको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुँदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिङको माध्यमबाट उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिङ गर्न सक्नेछन् । ३० हजारभन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् ।

यसअनुसार रोडहाउस क्याफे (१० प्रतिशत छुट), द एभरेस्ट होटल (१५ प्रतिशत छुट), बिइन्ग ह्युमन नेपाल (१० प्रतिशत छुट), भेन्चुरिनी सुज (१० प्रतिशत छुट), राइट च्वाइस नेपाल (२५ प्रतिशत अफ), बाइकर्स मार्ट (१० प्रतिशत छूट), अर्बन फुड (१५ प्रतिशत छुट), नील डेभिडको सैलुन (१० प्रतिशत छुट), केज फिटनेस (२० प्रतिशत छुट) र अप्सन दरबारमार्गमा (५० प्रतिशतसम्मको छुट) रहेका छन् । यसबाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागि १ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केही मोडलहरुको लागि भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागि शुरू गरिएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ– जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।
यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ ।

आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिलेसम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको कम्पनीको दाबी छ ।

यसरी गर्न सकिन्छ आई–फोन १३ को प्रि–बुकिङ

  • आइएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस् ।
  •  आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस् ।
  •  यसको होमपेजमा रहेको ‘प्रि–बुक योर आइ–फोन १३ नाउ’ ब्यानरमा क्लिक गर्नुहोस् ।
  • आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस् ।
  • तपाईंको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा बिक्रेताहरुको चयन गर्नुहोस् ।
  • रु ९ हजार ९ सय ९९ को प्रि–बुकिङ मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्नुहोस् ।

अक्टोबर २९ बाट वितरण सुरु
यसको वितरण अक्टोबर २९ बाट सुरु हुनेछ तर सीमित स्टक मात्र उपलब्ध भएको कारण पहिले प्रि–बुकिङ गर्ने ग्राहकले नै पहिलो आईफोन १३ प्राप्त गर्ने कम्पनीले जनाएको छ । थप गरिएको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गर्नु भएको खुद्रा विक्रेतालाई सम्पर्क गर्न सकिन्छ । आफ्नोे आईफोन प्राप्त गर्ने समयको बारे पनि जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।

यस्ताे छ मूल्य सूची 

आइफोन १३१२८ जीबी  १३७९९०
 २५६ जीबी१५४९९०
 ५१२ जीबी१८९९९०
आइफोन १३ मिनी१२८ जीबी १२०९९०
 २५६ जीबी १३७९९०
 ५१२ जीबी १७१९९०
आइफोन १३ प्रो१२८ जीबी१७४९९०
 २५६ जीबी१८९९९०
 ५१२ जीबी२२४९९०
 १ टीबी २५५९९०
आइफोन १३ प्रो म्याक्स१२८ जीबी १८९९९०
 २५६ जीबी २०५९९०
 ५१२ जीबी २३९९९०
 १ टीबी २७४९९०
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *