राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बयलवासमा

काठमाडौँ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  प्रदेश २ स्थित सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको जनाएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *