अत्तरिया–चमेलिया प्रसारण लाइन पुनः सञ्चालनमा

काठमाडाैँ ।  वर्षाका कारण विभिन्न स्थानमा रुख ढलेर अवरूद्ध भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ ।

अवरोध हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा ल्याइएकाे नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सुचारु भएको पनि प्राधिकरणले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *