बैंकहरुले गरे ब्याजदर संशोधन, कुन बैंकको कति ?

काठमाडौँ । कात्तिक महिनाका लागि बैंकहरुले पहिला सार्वजनिक गरेको ब्याजदरलाई संशोधन गरेका छन् । बैंकहरुले बढाएको ब्याजदरलाई कम गर्न राष्ट्र बैंकले हस्तक्षेप गरेपछि ब्याजदर घटाउन बैंकहरु बाध्य भएका हुन् । कात्तिक महिनाका लागि बैंकहरुले अधिकतम ११.६७ प्रतिशतसम्मको ब्याजदर तय गरेपछि यसलाई घटाउन राष्ट्र बैंकले मंगलबार निर्देशन दिएको थियो ।

अघिल्लो महिना अर्थात् असोजको तुलनामा बैंकहरुको समग्र ब्याजदर १० प्रतिशत बिन्दुसम्मले बढी वा घटी तोक्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । त्यसैअनुसार बैंकहरुले ब्याजदर संशोधन गरेका हुन् । पछिल्लो पटक राष्ट्र बैंकले तोकेको सीमाभित्र ब्याजदर नभएको भए कात्तिक ५ भित्र उक्त ब्याजदर सीमाभित्र हुने गरी संशोधन गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

त्यसैअनुसार सबै बैंकले ब्याजदर संशोधन गरेका हुन् । हाल अधिकांश बैंकले मुद्दती निक्षेपमा ९.३६ प्रतिशत ब्याजदर कायम गरेका छन् । यसअघि हिमालयन बैंकले सबैभन्दा बढी निक्षेपमा ११.६७ प्रतिशत ब्याज दिने घोषणा गरेको थियो । अहिले सो बैंकले समेत ९.३६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

संशोधित ब्याजदर अनुसार अहिले बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ९.४१ प्रतिशत ब्याजदर कायम गरेका छन् । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावलाई निक्षेप सङ्कलनमार्फत कम गर्न बैंकहरुले निक्षेपको व्याज ह्वात्तै बढाएका थिए । तर, यसले प्रणालीमा झन् समस्या थप्ने भएकोले राष्ट्र बैंकले नै समग्र ब्याजदरको सीमा पहिलो पटक तोकेको हो ।

कर्जा र निक्षेपको ब्याजदर अनुपात अर्थात् स्प्रेड दरकै आधारमा बैंहरुले ब्याजदर निर्धारण गर्दै आएका थिए । कर्जार निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर तोक्न सकिने व्यवस्था थियो । खुला बजारअनुसार ब्याजदर तोक्न दिने व्यवस्था गर्दा अर्को महिना तरलता अभाव कायमै रहे यो ब्याजदर अझ बढ्दै जाने भएकोले पनि राष्ट्र बैंकले पहिलो पटक समग्र निक्षेपको ब्याजदर तोकेको हो ।

झण्डै ४२ खर्ब रुपैयाँ निक्षेप रहेको नेपालको बैंकिङ क्षेत्रमा घटबढ गरिने थोरै प्रतिशत ब्याजदरले पनि समग्रमा ठूलो रकम घटबढ हुने भएकोले यसलाई असाध्यै बढी संवेदनशील क्षेत्र मानेर राष्ट्र बैंकले सूक्ष्म निगरानीका साथ कडा नियमन गर्दै आएको बताएको छ ।

कुन बैंकको कति ?

वाणिज्य बैंकहरूअधिकतम ब्याजदर (प्रतिशतमा)
कृषि विकास बैंक८.८५
बैंक अफ काठमाण्डू९.३६
सेन्चुरी कमर्सियल बैंक९.३६
सिटिजन्स बैंक इन्टरनेशनल८.८
सिभिल बैंक९.३६
एभरेष्ट बैंक९.३६
ग्लोबल आईएमई बैंक९.३६
हिमालयन बैंक९.३६
कुमारी बैंक९.३६
लक्ष्मी बैंक९.३६
माछापुच्छ्रे बैंक९.३६
मेगा बैंक९.३६
नविल बैंक९.३६
नेपाल बंगलादेश बैंक९.३६
नेपाल बैंक८.३६
नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक९.३६
नेपाल इन्भेस्टमेन्ट बैंक९.३५
नेपाल एसबिआई बैंक९.४१
एनएमबी बैंक९.३६
प्रभू बैंक८.५७
प्राइम कमर्सियल बैंक९.३६
राष्ट्रिय वाणिज्य बैंक८.३६
सानिमा बैंक९.०६
सिद्धार्थ बैंक९.३६
स्टाण्डर्ड चार्टर्ड बैंक 
सनराइज बैंक९.०६
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *