आजदेखि सामलिङ्ग पावरको आइपीओ बिक्री खुला

काठमाडौँ । सामलिङ्ग पावरले आजदेखि सर्वसाधारणका लागि साधरण शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ३० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

निष्काशन गरिने कुल ७ लाख ३० हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीलाई सेबोनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको कामनेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *