तयार हुँदै काष्ठमण्डप (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको परिचयका रूपमा रहेको प्राचीन सम्पदा काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ । काठमाडौँ, वसन्तपुरको मरु टोलस्थित काष्ठमण्डप ०७२ सालको भूकम्पले भत्काएको थियो ।

ऐतिहासिक महत्त्व बोकेको काष्ठमण्डप मौलिक रूपमा नै पुन:निर्माण भइरहेको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौँ महानगरपालिका लगायतले सहयोग गरेका छन् ।

पुनर्निर्माणको काम सकिएपछि साइत हेरेर गजुरलाई मन्दिरको माथिल्लो भागमा स्थापना गरिने पुनर्निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *