घरमा पसेको बाढीमा डुबेर कैलालीमा वृद्धको मृत्यु
२०७८ कार्तिक ३ गते

धनगढी । कैलालीको टीकापुरमा घरमा पसेको बाढीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका- ८ कर्मीडाँडाका ९४ वर्षीय करबिर ढोलीको बुधबार घरमा पसेको बाढीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा पानी भरिएर उनको मृत्यु भएको टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए । घरमा भएको सामान र मान्छे सुरक्षित ठाउमा सार्दासार्दै उनी बाढीमा परेको जनाइएको छ ।
कर्णाली नदीको पानी पसेर जिल्लाको टीककापुर र जानकी गाउँपालिका क्षेत्रका केही बस्ती डुबानमा परेका छन् ।
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








