नेप्सेमा हरियाली, कारोबार रकम भने साढे २ अर्बमा सीमित

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से)परिसूचक ६०.५६ अङ्कले बढेको छ ।

बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.४१ प्रतिशतले बढेर २५७१.६६ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १२.०९ अङ्कले बढेर ४८४.०५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै समूहका उपसूचक बढेका छन् ।

यस दिन २ सय १७ कम्पनीका ६१ लाख १ हजार ४ सय १४ कित्ता सेयर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

बुधबार मेलुङ खोला जलविद्युत् लिमिटेड कम्पनी, अंखु खोला जलविद्युत् लिमिटेड कम्पनी र यूनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *