न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँट शुक्रबार

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ)को बाँडफाँट कार्तिक आउँदो शुक्रबार हुने भएको छ । कम्पनीले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त आईपीओको प्री-अलोटमेन्ट हिजो (मंगलबार) सम्पन्न भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिन सम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । २ लाख ९ हजार २ सय ५० जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २१ लाख ४७ हजार जना आवेदकको भने हात खाली हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *