मंगलबार शेयरबजार ७७ अंकले घट्यो

काठमाडौँ ।  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार पनि दोहोरो अंकको गिरावट आएको छ । सोमबार ६९ अंकले घटेको सेयर बजार मंगलबार ७७ अंकले ओरालो लागेको हो ।

मंगलबार शुरूदेखि नै घटेको नेप्से दिउँसो १०५ अंकले घटेको थियो । पछि केही सच्चिँदै ७७.३३ अंकले घटेर नेप्से २५१०.७३ बिन्दुमा थामिएको हो ।

मंगलबार जीवन बीमा सबैभन्दा धेरै ४२८ अंकले घट्यो । यस्तै निर्जीवन बीमा समूह ३१४ अंकले घट्यो । यसैगरी, विकास बैंक समूह १९४, उत्पादनमूलक समूह १७५, लघुवित्त समूह १३५, जलविद्युत् समूह ११७, वित्त समूह ११२ अंकले र वाणिज्य बैंक समूह ५१ अंकले घटेको हो ।

मंगलबार कारोबार रकम पनि घटेको छ । यो दिन तीन अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *