बैंकको ब्याजदर बढेकोमा परिसंघको विरोध

विराटनगर । बैंकहरुले ब्याजदर बढाएकोमा उद्योग परिसंघ प्रदेश १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  कात्तिक १ गते देखि लागु हुने गरी सबै बैंकहरुले निक्षेपमा नयाँ ब्याजदर लागू गरी अत्यधिक र असामान्य तरिकाबाट ब्याजका दरहरू वृद्धि गरेको सूचनाहरू सार्वजनिक गरेको प्रति संघले ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्र बैंकका गभर्नरलाई  ज्ञापन पत्र बुझाउँदै परिसंघले  कोभिड महामारीको कारण औद्योगिक क्षेत्रको तरलताको अवस्था र उपभोक्ताको क्रय शक्तिमा ह्रास हुँदै गएको अवस्थामा बैंकहरुले ब्याजदरमा  अत्यधिक वृद्धि गरी  उद्योग व्यवसाय र  उत्पादनमा नै  प्रहार गर्न खोजेको आरोप लगाएको छ।

‘मुलुकको  आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पनि  ठूलो लगानीको आवश्यकता रहेको बेलामा लगानीलाई नै प्रभावित गर्ने गरी  बैंकको ब्याज वृद्धि कुनै हालतमा मान्न सकिन्न, परिसंघले राष्ट्र बैँकलाई ध्यानाकर्षण गरेको पत्रमा भनिएको छ, बैँकको ब्याजदर वृद्धिलाई  अनुकूल मान्न सकिँदैन यसले  वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरू ऊर्जा, पर्यटन, कृषि,  शिक्षा जस्ता आधारभूत उद्योगहरूको  लगानीमा प्रत्यक्ष असर गर्छ ।’

बैंकको ब्याजदर वृद्धिको प्रभाव उत्पादन, रोजगारी, आधारभूत सेवा र निकासीमा पनि पर्ने संघले औँल्याएको छ।  बैंकहरुले प्रतिस्पर्धीको भावना झल्किने गरी अलग अलग ब्याज दरमा वृद्धि गरी रहेको सूचना प्रवाह हुनु मुलुकमा आर्थिक अराजकता माथिको प्रश्न सिर्जना भएको उद्योग परिसंघका अध्यक्षले भीम घिमिरेले बताए ।

विगतमा ब्याजदर सिङ्गल डिजिटमा एकरूपता हुने गरी राख्ने गरी भएको भद्र सहमतिहरू पनि तोडिएको उनले बताए । अहिलेकै अवस्थामा अघि बढ्ने हो भने आर्थिक उद्दण्डता, अराजकता आर्थिक क्षेत्रमा देखिने र यो उद्योग व्यवसायीको हित विपरीत हुने उनले उल्लेख गरेका छन्  ।

संघले बैकिङ क्षेत्रमा देखिएको  अस्थिर अराजकताको अन्त्य गर्दै बैंकको ब्याजदर घटाउने काममा राष्ट्र बैङ्कले अभिभावकत्व ग्रहण गर्न आग्रह  गरेको छ। मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो व्यवस्थालाई  निरन्तरता राख्ने पहल गर्न संघले ध्यानाकर्षण गराएको घिमिरेले बताए ।

विज्ञप्ति…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *