‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा’ योजना सार्वजनिक

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको छ। उक्त बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने रिलायन्सले जानकारी दिएको छ।

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरणसमेत प्रदान कम्पनीको दावी छ। यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने छन्।

पन्ध्र वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रीम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रीम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ।

उक्त योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने रिलायन्सले जनाएको छ। यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन्।

यो योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम एक लाख कायम गरिएको छ। यो योजनासँगै बिमितले थप न्यूनतम बीमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरु पनि लिन सकिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *