कटहरीयामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौँ।  महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट जिल्लाको कटहरीया नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । यही आश्विन ३० गते जनता माध्यमिक विद्यालयको भवनमा सञ्चालित बिमा जागरण कार्यक्रममा चालीस जना भन्दा बढी युवाहरूको सहभागिता थियो ।

महालक्ष्मी लाइफका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बिमाको महत्त्व बारेमा जानकारी गराएका थिए ।

क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि बिमा जागरण राष्ट्रिय अभियान रौतहट जिल्ला कमिटी गठन गर्ने विषयमा छलफल तथा सहमति भएको छ ।

२०७८ आश्विन महिनाबाट सुरु भएको ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा सम्पन्न भइसेकेको छ ।

कार्तिक महिना भित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यीय बिमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरूमार्फत जिल्ला भित्र बिमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रूपमा लिएर जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *