पोखरामा कारकाे ठक्करबाट पैदलयात्रुको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पोखरा २५ हेमजास्थित शान्ति चोकमा ग३च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय शंकरबहादुर सीर्पालीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मनिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *