सरकारले मुगु दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार दिने

काठमाडौँ । सरकारले मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३२ जनाका परिवारलाई नगद सहयोग गर्ने भएको छ । गृह मन्त्रालय विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिमृतक किरिया खर्च २५ हजार रुपैयाँ र आर्थिक सहायता १ लाख रुपैयाँ गरी १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।

मृतकका परिवारका लागि आर्थिक सहायता तथा घाइतेको उपचार खर्च बापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया आरम्भ गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ नगरपालिका–७ तपने खोलामा दुर्घटनामा परेको थियो ।

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *