दसैँपछिको पहिलो दिन नेप्सेमा हरियाली
२०७८ असोज ३१ गते

काठमाडौँ । बडादसैँको बिदाका कारण ५ दिन बन्द भइ आइतबारबाट खुलेको शेयर बजारमा हरियाली छाएको छ । कारोबार रकम घटेर एक अर्ब ४९ करोड ७३ लाख रुपैयाँमा सीमित हुँदा नेप्से १७.५९ अंकले बढेर २ हजार ६ सय ५६ अंकमा पुगेको छ ।
आइतबार म्युच्युअल फन्ड समूह घटेपनि अरु सबै समूहमा बृद्धि भएको छ । सबैभन्दा बढी निर्जीवन विमा समूह औसत १२२.४७ अंकले बढेको छ ।
आइतबार सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स, हिमालयन ऊर्जा, घलेम्दी हाइड्रो, कामना सेवा र प्रुडेन्टल इन्सुरेन्स छन् भने बजार बढ्दा पनि सिटिजन म्युच्युअल फण्ड २, बोटलर्स नेपाल तराई, कालिका लघुवित्त, सिटिजन म्युच्युअल फन्ड १ र मैलुङ्खोला जलविद्युत लगायत कम्पनीको शेयर मूल्य घटेको छ ।
२०७८ असोज ३१ गते
प्रतिक्रिया
सम्बन्धित








