श्रीमती हत्या आरोपमा एकजना पक्राउ

बुटवल। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा अर्घाखाँचीमा एक जना पक्राउ परेका छन् । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ८ बाट श्रीमतीको हत्या आरोपमा लाल बहादुर कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गुल्मीको ईस्मा गाउँपालिका वडा नं २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ८ मा घर भाडा गरी बस्ने वर्ष ४३ को लाल बहादुर कुमालले आफ्नो श्रीमती वर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेको सूचना अधिकारी सुजन शाहले जानकारी दिए ।

स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट प्रहरी निरीक्षक सुजन शाहको कमान्डमा गएको प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *