उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड

बुटवल । रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उद्योगीहरुले जोड दिएका छन । नेपाल उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटी र रुपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा आज भएको बडा दसैंकोे शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन ।

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योेग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले रोजगारीको सिर्जना, उत्पादनमूलक क्षेत्रको विस्तार र सक्रियता, लगानीमैैत्री वातावरण र निर्यात प्रवर्द्धन नै मुलुकको प्रमुख लक्ष्य भएकोे बताए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपाने, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, संविधानसभा सदस्य नेत्र पन्थी, एमाले नेता भोजप्रसाद श्रेष्ठले उत्पादनमूलक क्षेत्रमा ध्यान दिन र व्यापक रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन महासंघलाई आग्रह गरेका थिए ।

एमालेका जिल्ला नताहरु तेजेन्द्र केसी, गोपाल राना, महासंघका सहसंयोजक भास्कर काफ्ले, जिल्ला इन्चार्ज मोतीलाल पाण्डेयलगायतले महासंघको संस्थागत विकास, संगठन विस्तार, सुदृढीकरण र लगानीमैत्री वातावरण निर्माणका लागि एकताबद्ध अभियान र सहकार्यकोे खाँचोे रहेकोमा जाड दिएका थिए ।

उद्योेगी तथा समाजसेवी बाबुराम भट्टराई, एजाज आलम, खेमप्रसाद लुइँटेल, सागर अधिकारी, माधव पौडेल, अनिलकुमार ज्ञवाली, समुन्द्र जिसी, कृष्णप्रसाद घिमिरे, जीवनकुमार बञ्जाडे तथा माधवकुमार खनाललगायतले व्यावसायिक क्षेत्रका समस्या, सम्भावना र त्यसमा पार्टीकोे भूमिकाका बारेमा धारणा राखेका थिए ।

महासंघका लुम्बिनी प्रदेश संयोजक माधव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष बालाराम भट्टराईले कोेरोना महामारीले थलिएको अर्थ व्यवस्थालाई पुनःउत्थान गर्न जरुरी रहेको बताए ।

महामारीले अति प्रभावित भएका सार्वजनिक यातायातको क्षेत्र, पर्यटन तथा सेवामूलक व्यवसायका क्षेत्रलाई नोक्सानीको मूल्यांकनका आधारमा राज्यले नै विशेष राहत प्याकेजको घोषणा गर्न महासंघले माग गर्दै आएको छ । लगानीकर्तालाई आकर्षित र सुरक्षित अनुभूति गराउन सहुलीयतपूर्ण लगानी प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउनुपर्नेमा महासंघको जोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *