प्रधान मन्त्री भन्छन्ः

‘विमानस्थल चाँडो सञ्चालन गर्ने कुरामा सरकार कटिबद्ध छ’

पोखरा । प्रधान मन्त्री शेरबहादुर देउवाले विमानस्थल निर्माणमा देखिएका समस्याको तत्कालै समाधान गर्ने बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरी बजेट थप्न र छिटो विमानस्थल सञ्चालनमा ल्याउन सरकार कटिबद्ध रहेको बताए ।

अहिले ‘ल्याण्डफिल साईट’ सार्नुपर्ने प्रमुख चुनौती छ । यस्तै, पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडा खार्नुपर्ने छ भने पोखराको अधिकांश पानी विमानस्थलमा पुग्ने भएकोले त्यसको निकासका लागि आयोजनाले सरकारसँग आग्रह गरेको छ ।

प्रधान मन्त्री देउवाले विमानस्थल निर्माण सम्पन्नउन्मुख भएको बताए । कोभिडका बीचमा पनि धेरै काम भएको भन्दै उनले खुसीसमेत व्यक्त गरे ।

भिडियाे हेर्नुस्:



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *