धनगढी विमानस्थल अवरुद्ध, समिटको जहाजमा समस्या

धनगढी । धनगढी विमानस्थलबाट हवाई उडान अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उड्न नसक्दा विमानस्थल अवरुद्ध भएको हो ।

जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार टायरको खराबीका कारण जहाज उड्न नसकेर धावनमार्गमा रोकिएको छ ।

विमानस्थल अवरुद्ध भएपछि कारण यहाँबाट काठमाडौँका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन ।

समिट एयरको जहाज ग्राउन्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए । जहाज उड्न नसकेपछि काठमाडौँबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *