डोबाटेले लिए शपथ, भने- ‘तोकिएको जिम्मेवारी पूरा गर्छु’

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विश्वकर्मालाई बिनाविभागीय मन्त्रीको रूपमा सोमबार (आज) शपथ गराएका हुन् ।

विश्वकर्मा अघिल्लो पटक नै मन्त्री बन्ने पक्काजस्तै थियो । तर, अन्तिम समयमा उनको नाम काटिएको थियो । मन्त्रीमा नियुक्ति भएपनि जिम्मेवारी भने पाएका छैनन् ।

उनले संविधानको अधिकारअनुसार आफूले तोकिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । ‘जिम्मेवारी संविधानमा स्पष्ट छ । म सोहीअनुसार काम गर्नेछु,’ उनले भने, ‘मुख्यमन्त्रीज्यूले जे जिम्मेवारी दिनुहुन्छ, म त्यो पूरा गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *