ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको आधिकारिक घोषणा

काठमाडौँ । ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ ।

प्रयोकर्तालाई स्टक एन्ड्रोइड-१२ को जस्तै अनुभव प्रदान गर्ने सोचका साथ कलरओएस १२ मा समावेशी यूआई, सटीक पर्फरमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा वृद्धिका साथै काम-दैनिकी सन्तुलनमा सघाउने फिचरहरू पनि समाहित गरिएको ओपोले जनाएको छ ।

सार्वजनिक गरिएसँगै ओपोले कलरओएस १२ पब्लिक बिटा आफ्ना वैश्विक प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो ।

६८ देशमा आफ्नो उपस्थितीसँगै, ४४० मिलियन प्रयोगकर्ताका रुपमा कलरओएस १२को निर्माण गरिँदा समावेशीतालाई ओपोले विशेष प्राथमिकताको विषयका रुपमा राखेको जनाएको छ ।

पहिलो चरणमा ओपोले आफ्नो कलरओएस १२ पब्लिक बेटा ईन्डोनेसिया, थाइल्यान्ड र मेलेसियामा फाइन्ड एक्सथ्री प्रो फाइभजी मार्फत उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *