ई-फार्मको खसी मेला सुरु

काठमाडौँ । दसैँतिहारलाई लक्षित गरी ई-फार्मले खसी मेला सुरु गरेको छ ।

ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैँले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ । साथै ई-फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओ कल गरेर खसी छनोट गरी अर्डर गर्न सक्नेछन् ।

उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ । ई-फार्मको बालुवाटारस्थित स्टोरबाट समेत मासुको बिक्री सुरु गरिएको बताइएको छ ।

उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ । ई-फार्मको वेबसाईटबाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिने कम्पनीले बताएको छ ।

ई-फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रिबुकिङ सुरु गरेको थियो । त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।

धनकुटा, बैतडि, उदयपुर, सल्यानलगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा ई-फार्ममा पाइनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *