नेप्से २३ अकंले घट्यो, साढे ३ अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक २३.१९ अकंले घटेको छ । सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.८७ प्रतिशतले घटेर २६३९.३७ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ५.५६ अकंले घटेर ४९४.२२ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा समूहका उपसूचक बढेको र बाँकी सबै सूचकहरू घटेका छन् ।

यस दिन कारोबारमा आएका २१९ कम्पनीका ९३ लाख ५४ हजार ७ सय ८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन ग्लोबल आईएमई समुन्नत योजना लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *