विरोधका बीच सरकारले फिर्ता लियो रेल्वे विधेयक

काठमाडौँ । प्रमुख प्रतिपक्षीको अवरोधका बीच सरकारले रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता लिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा विचाराधिन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव पेश गरेका थिए । बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो ।

बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए भने बैठकमा मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

त्यसअघि बैठक सुरु हुनेबित्तिकै एमाले सांसद्हरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । सो क्रममा उनीहरूले एमालेले कारबाही गरेका सांसद्हरुलाई सदनमा प्रवेश गराएको भन्दै नाराबाजी गरेका थिए । पटक पटक बस्न आग्रह गर्दा एमालेका सांसदहरूले विरोधलाई जारी राखेपछि सभामुख अग्नी सापकोटले कार्यसूचीलाई अघि बढाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *