डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा विस्तार

काठमाडौँ । देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।

नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगञ्ज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगरलगायत अन्य स्थानमा पुगिसकेको छ ।

अब ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको डिशहोमले जनाएको छ । ग्राहकहरूले मासिक ८९९ रुपैयाँमा नै १०० एमबीपीएस ईन्टरनेटको मज्जा ५ जी डुअल ब्यान्ड राउटरको साथमा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *