निफ्राकाे नगद लाभांश राष्ट्र बैंकले उल्ट्यायाे, अब ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले अब ८ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

यसअघि ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको उक्त बैंकको नगद लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको थियो ।

बोनस सेयर वितरण गरेपछि निफ्राको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँले २१ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ ।

कर प्रयोजनका लागि बैंकले ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । केही समयअघि मात्रै बैंकले ८ अर्ब रुपैयाँको आईपीओ सर्वसाधारणमा वितरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *