मेटलाइफद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान

काठमाडौँ । मेटलाइफ नेपालले काठमाडौँमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको छ। सरकारले तोकेको स्वास्थ्य र सुरक्षासम्बन्धी सबै मापदण्ड पालना गरी आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले उद्घोष गरेका थिए।

जसमा कम्पनीका शीर्ष अधिकारी, योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र देशभरका फिल्ड प्रतिनिधिले उपस्थिति जनाएका थिए। ग्राहकलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायसाथ मेटलाइफ नेपाल गत वर्षदेखि नै सबै ग्राहकलाई सहज डिजिटल सेवा प्रदान गर्न ध्यान केन्द्रित रह्यो। सो कम्पनी नेपालमै ग्राहकका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बिमा कम्पनी हो।

उक्त कम्पनीसँग ‘काइट’ नामको डिजिटल सेल्स सोलुसन पनि छ, जसको प्रयोग गरी एजेन्ट तथा वित्तीय योजना सल्लाहकारले जहाँ, जुनसुकै ठाउँमा पनि ग्राहकलाई एक सहज र फरक किसिमको अनबोर्डिङ अनुभव दिलाउन सक्षम रहन्छन् ।

कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक श्रेष्ठ भन्छन्, ‘अहिलेको विषम परिस्थितिमा हाम्रा अभिकर्ताको सहनशीलता र अनुकूलन क्षमता तथा १२ महिनामा ग्राहकलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्धताप्रति निकै गौरवान्वित भएका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *