कोका–कोलाद्वारा ‘फ्रन्टलाइनका हिरो’हरुलाई धन्यवाद

काठमाडौँ । कोका–कोला पेय उत्पादक कम्पनी बोटलर्स नेपालले दसैंलगायत चाडपर्वका अवसरमा आफ्ना ग्राहकलाई धन्यवाद अभियान सुरु गरेको छ।
महामारीको कठिन परिस्थितिमा पनि कोका कोलालाई आफ्नो साथी बनाएको भन्दै ग्राहकलाई कोकाकोलाले धन्वयवाद दिएको हो ।

प्रहरी र थुप्रै गैर–सरकारी संस्थाले नेपालमा कोभिड–१९ विरुद्धको लडाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोका छन् । दशैंँ अभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धालाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ । यसको मुख्य उद्देश्य भनेको फ्रन्टलाइन नायकलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागी दिएको सेवाको लागि कोका–कोलाको तर्फबाट ‘धन्यावाद’ व्यक्त गर्ने भएको जनाएको छ । यो कृतज्ञता प्रदान गर्न कोका–कोलाले अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्स वितरण गरिरहेको जनाएको छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टुर ग्लास पनि यसमा समावेश रहेको जनाएको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेहाज केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनमा कोका–कोलाले देशको अग्रणी नायकप्रति आभार प्रकट गर्न अस्पताल र ट्राफिक पुलिससहित धेरै संगठनहरुको भ्रमण गर्नेछ ।

हामी नेपालका अध्यक्ष सुदन गुरुङले भने, ‘घर भित्रै सुरक्षित रहेर बसी रहने बेलामा पनि हाम्रो युवाहरुको टीमले साहसी भई स्वयंसेवकको रुपमा अरुलाई सहयोग पुर्याएका छौँ । महामारीको बेलामा, हामीले कोष उठाएका थियाँैं जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसलाई प्रदान ग¥र्यौं । कोका–कोला नेपालद्वारा हाम्रो प्रयासलाई स्वीकार गरिएकोमा म र हामी नेपालको सम्पूर्ण टीम हाम्रो यात्रामा अझ बढी सशक्त र प्रेरित भएको महसुस गर्दछौँ ।’

अभियानको बारेमा बोल्दै, कोका–कोला नेपालका कन्ट्री डिडरेक्टर आदर्श अवस्थी ले भने– ‘अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले महामारीको विगत डेढ वर्षमा हाम्रो समुदायमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरु निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागि परेका छन् । हामी उनीहरुको सराहना गर्दछौं र उनीहरुको निःस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रो यो अन– ग्राउण्ड एक्टिभेसन उनीहरु प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *