नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ : सन्देशमूलक दसैँ भिडियो

काठमाडौँ । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक सन्देशमूलक दसैँको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो नेपालीहरुको महान चाड दसैँ मनाउन शहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्कनेहरुको कथामा आधारित रहेको बैंकले जनाएको छ ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँछ, दसैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दसैँको किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किँदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रातभर हिँडेर गाउ पुग्छन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दसैँंको यस भिडियोले सकभर दसैँंमा आफ्नो परिवारसँग भेटी सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।

बैंकको युट्युब च्यानलमा गई उक्त भिडियो हेर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *