अप्पर स्यांगे हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर आइपीओ आउने भएकाे छ । आज बस्ने आइतबार बस्ने वार्षिक साधारण सभामा  कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौँमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेस गरिनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *