गाउँलेलाई पालिकाको दसैँ कोशेली : सोलार र चुल्हो

पोखरा । गण्डकी प्रदेशमा झण्डै ८५ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ । अझै १५ प्रतिशत घरधुरी टुकीको भरमा रहेको प्रदेश सरकारको तथ्याङ्क छ ।

यही वर्षभित्र सबै घरधुरीमा पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको सरकारले स्थानीय तहसँग मिलेर सोलार र लघु जलविद्युत आयोजना निर्माणमा जोड दिएको छ । तर तोकिएको लक्ष्य पूरा हुन गाह्रो देखिएको छ ।

स्थानीय सरकारहरूले प्रदेश र संघ सरकारको सहयोगमा गाउँ गाउँमा सोलार वितरण गरेका छन् । कतै लघु जलविद्युत आयोजना बनाएका छन् । गोरखाको धार्चे गाउँपालिकाले केरौजाबेशीका ८७ घर परिवारलाई सोलार वितरण गरेको छ । विद्युत नपुगेका ३७ घरलाई सोलार र ५० घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरिएको हो ।

‘गाउँमा बिजुली पुगेको छैन । लघु जलविद्युत पनि नभएपछि टुकीको भर पर्नुपर्ने अवस्था छ छन्’ पालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘मोबाइल चार्ज गर्न र विद्यार्थीलाई पढ्न सहज होस् भनेर सोलार दिएका हौँ ।’

गाउँपालिकाको ८ लाख रुपैयाँ र सरकारको थप अनुदान सहयोगमा सोलार र चुल्हो वितरण गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *