मन्त्री नबनाएको विरोधमा वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । पर्साको सदरमुकाम वीरगन्जमा जसपाका नेता कार्यकर्ताहरूले आफ्नै पार्टी अध्यक्षको पुत्ला जलाएका हुन् ।

आक्रोशित कार्यकर्ताको समूहले पार्टीको झण्डा समेत जलाएको छ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दलका कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको हो । यस्तै सांसद यादवका कार्यकर्ता र समर्थकहरूले वीरगन्जस्थित जसपा पार्टी  कार्यालयको साइन बोर्ड समेत जलाएका छन् ।

अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै पुत्र अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि  व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘रामसहाय यादव र राजेन्द्र श्रेष्ठ बाहेकलाई बधाई दिन असमर्थ छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *