१८ जनाले गरे ‘मेरा पिक’ हिमालको आरोहण

काठमाडौँ । नेपाल माउन्टेन एकेडेमीका १८ जनाले सोलुखुम्बुको ‘मेरा पिक’ हिमालको अध्ययन आरोहण गरेका छन् । एकेडेमीका प्रमुख, प्रशासन प्रमुख, प्रशिक्षक र विद्यार्थी गरी १८ जनाले अध्ययन आरोहणकै क्रममा ‘मेरा पिक’ हिमालको आरोहण गरेका हुन् ।

हिमाल आरोहण सम्बन्धी अध्ययन गराउने एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएका थिए । तीन जना भने चुचुरो मुनिबाट फिर्ता भएका थिए । ५८ सय मिटर उचाइको हाइ क्याम्पबाट बिहान ३ बजे सुरु आरोहण दल चुचुरोमा ९ः४८ मा पुगेको थियो ।

१८ जना चुचुरो पुग्नेहरूमा १२ जना विद्यार्थी छन् भने एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई, सञ्चालक समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पा, माउन्टेन गाइड लाक्पा शेर्पा तथा हरेराम खड्का र अक्याडेमिक सुपरभाइजर डाक्टर वसन्त पौडेलले आरोहण गरेका थिए ।

६४७० मिटर उचाइको मेरा पिक मकालु बरुण राष्ट्रिय निकुञ्ज अन्तर्गत सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ मा पर्छ । नेपालको सबैभन्दा अग्लो ट्रेकिङ पिक मेरा पिकको आधार शिविर ४९०० मिटर उचाइमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *