‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम तनहुँमा सम्पन्न

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा शुक्रबार भएको ‘युवासँग (महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रीय सदस्य राजु ढकालले दिनु भएको थियो ।

दमौलीका कार्यलय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहभागी विद्यार्थीलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यसैगरी, तनहुँ जिल्लाभरि बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *