मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाइनान्सबाट लिन सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ ।

यो सहकार्यसम्बन्धी सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गरुङ्ग र आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आईसीएफसी फाइनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट भुक्तानीका लागि अझ बढी सुविधा मिल्ने बैंकको विश्वास छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरका ४ हजार ५ सयभन्दा बढी झुक्तानी केन्द्रबाट गर्दै आइरहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाटबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *