नेपाल इन्भेष्टमेण्ट बैंककाे ८८ औं शाखा बाराको सिम्रौनगढमा

काठमााडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ ।
नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

सिम्रौनगढ शाखाले हाम्रा ग्राहकहरुलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंन्किंग सेवाहरु प्रदान गर्नेछ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *