सामलिङ्ग पावरले आइपीओ निष्कासन गर्दै

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि वितरण गर्न लागेको जनाएको छ ।

जारी गरिने कूल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि साथै बाँकी ६ लाख ७६ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइने जनाएको छ ।

शेयरमा कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने छ । आइपीओको विक्री प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको लागि निष्कासन गरेको साधारण सेयर असोज २० गते बाँडफाँट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *