बुद्धभूमि हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आइपीओ)को बाँडफाँट भएको छ । आइपीओमा अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदन परेको कम्पनीले जनाएको छ ।

जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए । गोला प्रथाद्वारा बाँडफाँट गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर कर्मचारीहरूका लागि, २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

आइपीओ बाँडफाँड भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न केही समय पर्खनुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक पछि आईपीओको नजिता यसरी हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको वेभसाइटबाट (https://iporesult.cdsc.com.np/)बाट हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *