नेपाल प्रहरीले माग्यो ठूलो सङ्ख्यामा असई र प्राविधिक जवान (विज्ञापन)

काठमाडौँ । नेपाल प्रहरीले ठूलो सङ्ख्यामा विभिन्न पदका लागि विज्ञापन खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि/असई) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा विज्ञापन खुलाएको हो ।

विज्ञापन अनुसार ३६७ जनाका लागि असइमा भर्ना खुलेको हाे । यस्तै, २२८ जना प्रहरी जवान (प्राविधिक)मा विज्ञापन खुला गरेको छ । अमर अशक्त प्रहरी परिवार, महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्रका लागि पनि उल्लेख्य सङ्ख्या छुट्याइएको छ। यसका लागि कात्तिक ३ देखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ।

विज्ञापन….

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *