बेहुलीझैँ सिँगारियो धार्मिक नगरी (तस्बिरहरू)

जनकपुरधाम । यतिखेर धार्मिक नगरी जनकपुर बेहुलीझैँ सिँगारियोको छ । हिन्दु धर्मालम्वीहरुको महान् चाड दशैँको अवसरमा जनकपुरका विभिन्न शक्तिपीठहरुलाई बेहुली झैँ सिंगारिएको हो ।

बिहीबारदेखि विधिवत् रूपमा  सुरु भएको बडादशैँको तयारी जनकपुरधाममा एक महिना पहिलादेखि नै हुने गर्दछ ।

राजा जनककी कुलदेवीको रूपमा चिनिएकी जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई विशेष ढङ्गले सजाइ झिलिमिली बनाइएको छ ।

त्यस्तै बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासती मन्दिरलगायत विभिन्न शक्तिपीठहरुलाई पनि निकै आकर्षक ढङ्गले सजाइएको हो ।

जनकपुरधामको मुरली चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पण्डाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *