तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित, तत्कालै तलब दिने सहमति

पोखरा । नियमित तलवको माग गर्दै बुधबारदेखि बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित छन् । उनीहरू ३ महिनादेखि तलबविहीन छन् । बुधबार काम नै ठप्प पारेर आन्दोलनमा उत्रिए ।

साँझ वार्ता भयो, रोकिएको तलव तत्कालै उपलब्ध गराउने विकास समितिसँग सहमति भएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् । यद्यपी आन्दोलन भने रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच तलब तत्कालै दिने सहमति भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए । अस्पतालमा कार्यरत १२४ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले असारदेखि रोकिएको तलब भत्ता पाएका छैनन् ।

आन्दोलनका कारण अस्पतालमा इमर्रजेन्सी शाखा बाहेकका सबै सेवा प्रभावित भएका छन् । बुधबार औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर उनीहरु आकस्मिक कक्ष अगाडि धर्ना बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *