लोक तथा दोहोरी कलाकारको उपस्थितिमा ‘चिरायु हस्पिटल फार्मेसी’ उद्घाटन

काठमाडौँ । चिरायु नेसनल हस्पिटलअन्तर्गत चिरायु हस्पिटल फार्मेसीको उद्घाटन गरिएको छ । अस्पतालमा नै आयोजना गरिएको कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठानको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीसँगै वरिष्ठ लोकदोहोरी गायिका बिमाकुमारी दुरा, बद्री पङ्गेनी, पशुपति शर्मालगायत लोक तथा दोहोरी क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो । अस्पताल टिमले उपस्थित सदस्यलाई मायाको चिनोसँगै प्रमाणपत्र वितरण गरेको थियो ।

कार्यक्रममा बोल्दै गायक पङ्गेनीले उपचार छुटसँगै अन्य अस्पताल लैजानुपर्ने बिरामीका लागि सहजकर्ता राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा क्लिनिक उद्घाटनसँगै दसैँ, तथा तिहारको शुभकामना साटासाट गरिएको थियो । अस्पतालले लोक तथा दोहोरी प्रतिष्ठानका सदस्यहरूलाई केही प्रतिशत छुटमा उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *