गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिने

पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको छ । असोज २४ गते पोखरामा एक औपचारिक कार्यक्रम गरी प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर प्रदेश घोषणा गर्न लागेका हुन् । कार्यक्रमकै लागि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवालाई निमन्त्रण दिएर फर्किएका छन् ।

भदौ ३० मा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । सरकारी तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ ।

मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए साक्षर भएको घोषणा गर्न मिल्छ । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ मा घोषणा भएको थियो ।

तर साक्षर भनिएकाहरु समेत अक्षर चिन्न सक्ने अवस्थामा छैनन् । सरकारले गुणात्मकभन्दा संख्यात्मक रुपमा मात्रै तथ्यांक बटुलेर साक्षरण घोषणा गर्न लागेको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *