कालापानी-लिपुलेक क्षेत्रमा गणक खटाउन अनेरास्ववियूको माग

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ । अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले प्रेस विज्ञप्ति निकाल्दै यस्तो माग गरेकी हुन् ।

ओली शर्मा ओली नेतृत्वको सरकारले ती क्षेत्रलाई नेपालको राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको भन्दै विज्ञप्तिमार्फत ती क्षेत्रमा पनि राष्ट्रिय जनगणनामा समेट्न माग गरिएको हो । ‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनःपुष्टि गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू–भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’

यस्तै एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले पनि उक्त क्षेत्रलाई जनगणनामा समेट्न माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *