ज्योति लाईफका सञ्चालक अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित

काठमाडौँ । ज्योति लाईफका सञ्चालक जयन्तकुमार अग्रवाल राउन्ड टेबल इन्टरनेसनलको उपाध्यक्ष पदमा र्निवाचित भएका छन् । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्रअन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेसनलको उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । अग्रवालले राउण्ड टेबल इन्टरनेसनलको उपाध्यक्षको कार्यकाल समाप्तीपछि राउन्ड टेबल इन्टरनेसनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् ।

राउन्ड टेबल संसारको ६८ देशहरूमा क्रियाशील संस्था हो । अहिलेसम्म राउन्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरूलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *