अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च

काठमाडौँ । अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । गत वैशाख १३ गते १ डलरको भाउ १ सय २० रुपैयाँ ३२ पैसा पुगेको थियो । बिहीबार डलरको भाउ १ सय २० रुपैयाँ २७ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वैशाखयता डलरको भाउ ओरालो लाग्न थालेको थियो । तर, पछिल्लो दुई सातादेखि डलरको भाउ उकालो लाग्दै ६ महिनाअघिकै विन्दुमा पुग्न लागेको हो ।

नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयन (१ : १.६) कामयम गरिएको छ । डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य नेपाली मुद्रामा पनि बढेको हो ।

भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय हटाउनु पर्ने आवाज बेला बेला उठ्ने गरेको भए पनि यसले नेपाली अर्थतन्त्र कमजोर हुँदा अझ बढी नोक्सान पर्ने आँकलनका साथ स्थिर विनिमय हटाउन नहुने तर्कहरु पनि पेश हुने गरेका छन् ।

अमेरिकामा रोजगारी कटौतीलगायत कारणले अर्थतन्त्रमा आएको संकुचनका कारण डलरको मूल्य घटेको थियो । तर, हाल रोजगारी दरमा पुनः वृद्धि सुरु भएपछि भने अमेरिकी डलरको बलियो बन्दै गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *