केएल टावरको ‘टिभिएस रमाइलो दशैँ तिहार योजना’

काठमाडौँ । केएल टावरले दशैँ तिहारका लागि उपहारसहितको ‘रमाइलो दशैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइनेछ ।

१ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्रान्डका होम अप्लाइन्सेज, टीभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।

बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २-भी वितरण गरिने उपहार योजनाका संयोजक हीरामणी तिमिल्सिनाले बताए ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।

उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्नेहुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरू समेत खुलेका छन् । सिनेमा हलहरू खुलेको र दशैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहलपहल समेत बढेको छ ।

कोभिडका कारण लामो समयदेखि बन्दजस्तै अवस्थामा रहेका सपिङ्ग मलहरु दशैँ नजिकिएसँगै विभिन्न अफरका साथ सञ्चालनमा आउन थालेका छन् ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्यूब सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *