गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा विशेष छुट

काठमाडौं । गिरी ब्रदर्स अटोपार्ट्सले आफ्नो ग्राहकलाई अवसरमा दशैँको प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ ।

यही असोज २२ देखि असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपार्ट्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्री सर्भिस दिन लागेको कम्पनीले जनाएको छ ।

गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्‍याङमा असोज २५ गतेसम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्री सर्भिसिङ हुने गिरी ब्रदर्स अटोपार्ट्सका निर्देशक अजय गिरीले जानकारी दिए ।

उक्त अवधिभर ग्राहकहरूले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेबर चार्ज र चेकअपमा शत प्रतिशत छुट प्राप्त साथै विभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्ने कम्पनीले जनाएको छ ।

टीभीएसका ग्राहकले उक्त सेवा लिन गिरी ब्रदर्स अटोपार्ट्सको कार्यालय वर्कसप सानोभर्‍याङमा गई सेवा लिन सक्ने निर्देशक गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *