लोअर इर्खुवा हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावरले सर्वसाधरणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्नै भएको छ ।

कम्पनीले जारी गरेको आईपीओको १० प्रतिशत अर्थात ७ लाख कित्ता साधरण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधरण सेयर साधरणका लागि जारी गर्न लागेको हो ।

हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आईपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्ने कम्पनीले जनाएको छ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर इर्खुवा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *